सुटुक्क नेपाल आए भारतीय पूर्वराजदूत श्यामशरण

भारतीय पूर्व विदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौं आएका छन्। नेपाल र भारतबीचको सीमा विवादको चर्चा चलिरहेको बेलामा उनको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उनी इण्डिगो एयरलाइन्सबाट आइतबार काठमाडौं आएका हुन्। स्रोतका अनुुसार उनले सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल साथै प्रतिपक्षी दलका सभापति शेर बहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। भारतीय समाचार बोकेर उनी नेपालमा आएको स्रोतले जानकारी दिएको छ।

समाचार दैनिक लेख्छ – श्यामशरणले प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र सभापति देउवासँग भेटघाट गरेर सीमा विवादको बारेमा छलफल गर्नेछन्। भारतीय राजनीतिक नक्सामा नेपालको भूमि भएको भन्दै विरोध प्रदर्शन भइरहेको छ। यसै क्रममा उनी नेपाल आएका हुन्।