कहाँ के गर्दैछन् नेपालीका प्यारा राजा विरेन्द्र शाहका नातिनीहरु ?

स्वर्गीय राजा वीर विक्रम शाहलाई आज पनि अधिङ्काश नेपालीहरुले सम्झिने गरेका छन् । विं स २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा उनी लगायत रानी ऐश्वर्या, युवराज दीपेन्द्र शाह, अधिराजकुमार निराजन र अधिराज कुमारी श्रुती र राजदरबारका अन्य सदस्यहरुको हत्या भएको थियो ।

सन् १९७६ अक्टोबर १५मा सुन्दर र सुशील छोरी श्रुतीको जन्म भएको थियो । पहिलो छोरा दिपेन्द्र जन्मेको पाँच वर्षपछि उनको जन्म भएको थियो । त्यसको दुईवर्ष पछि निराजनको जन्म भएको थियो । यसरी रानीको कोखबाट तीन सन्तानको जन्म भएको थियो ।

छोरी बाल्यकालको पढाई त्रिपुरेश्वरमा रहेको कान्ति ईश्वरीय शिशु विद्यालयमा भएको थियो । त्यस्तै उनको स्कुले पढाई काठमाडौँको सेण्ट मेरिज स्कुल हुँदै भारतको अजमेरमा रहेको मायो कलेज गल्र्स स्कुलमा अध्ययन गरिन् । व्याचलरको अध्ययन उनले नेपालको पद्यकन्या स्कुलबाट पुरा गरिन् ।

जब उनी २१ वर्षकी पुगिन्, सन् १९९७ को मे ७मा उनको विवाह कुमार गोरख शमशेर जङ्ग बहादुर राणासँग भएको थियो ।

विवाह भएको पहिलो वर्षमा नै उनले छोरी गिर्वाणी राज्यलक्ष्मीलाई जन्म दिइन् । उक्त दिन राजा विरेन्द्र र रानी ऐश्वर्या हजुरबुबा र हजुरआमा बन्न पुगे ।

जेठी छोरी जन्मेको ठिक दुई वर्षपछि उनले काञ्छी छोरी सुरङ्गनाको जन्म भएको थियो ।

विवाह भएर गएपनि उनको र माइती परिवारसँग गहिरो सम्बन्ध थियो ।  मासिक रुपमा सपरिवार भेट्न हुने गर्थ्यो । तर, कालो दिन बन्यो २०५८ साल जेठ १९ । त्यो दिन एकाएक गोली चल्न थाल्यो । राज परिवारको ज्यान गयो । दुई छोरीको आमा श्रुती पनिरहिनन् । उनलाई उपचारका लागि छाउनी अस्पताल लगिएको थियो । तर, उनलाई चिकित्सकहरुले मृत घोषणा गरे ।

विरेन्द्र शाहको परिवारको केही महत्वपूर्ण चिनो छ भने त्यो श्रुतीको कोखबाट जन्मिएका दुई छोरी हुन् । त्यो हत्याकाण्डमा आमा, मामाहरू र हजुरबुबा र हजुरआमा गुमाएका यी दुई छोरीहरू त्यो घटना यता गुमनाम छन् । उनीहरू सञ्चारमाध्यमबाट निकै पर रहेका छन् । सार्वजनिक कार्यक्रममा पनि विरलै देखिञ्छन् ।

जेठी छोरी गिर्वाणी यतिखेर २१ वर्षकी पुगिसकेकी छिन् भने काञ्छी छोरी सुरगंना १९ वर्षकी पुगिसकेकी छिन् । उनीहरू हाल भारतमा अध्ययरत रहेका छन् । २०६९ सालमा डा खगेन्द्र बहादुर श्रेष्ठले काठमाडौँमा फोटो प्रदर्शनी गरेका थिए । उक्त कार्यक्रमा गिर्वाणी आफ्नो पितासँग देखिएकी थिइन् । उक्त कार्यक्रममा पिता र छोरी दुवैको आँशु थाम्न सकेनन् । थोरै समयको बसाईपछि उनीहरू उक्त कार्यक्रमबाट हिडि हालेका थिए ।

नेपाल आउँदा उनीहरू महेन्द्र मञ्जिलमा जाने गर्छन् । उक्त मञ्जिलमा पूर्व बडा महारानी रत्ना शाह बस्दै आइरहेकी छिन् । उक्त ठाउँमा उनीहरू रत्नासँग केही समय भने पनि रमाउने गर्छन् ।